Rumpum Advertisement

विश्वका सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा आयुष्मान

Neuro Revised Adv
Koshi Dashain ad
विश्वका सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा आयुष्मान

विराटनगर, ८ असोज । बलिउड अभिनेता आयुष्मान खुराना विश्वका सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा पर्न सफल भएका छन् ।

टाइम्सले विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सार्वजनिक गरेको सूचीमा परेका आयुष्मान एकमात्रै भारतीय कलाकार हुन् । उनले इन्स्टाग्राममार्फत् खबर सार्वजनिक गर्दै गर्व महसुस गरेको उल्लेख गरेका छन् । सफल चलचत्रिमा निभाएको अलग भूमिका र अभिनेताहरूले निभाउँदै आइरहेको भूमिकाको परिभाषामा परिवर्नत ल्याउन सफल भएकोमा उनलाई यो सूचीमा राखिएको हो ।

एक कलाकारको रुपमा चलचित्रमार्फत् समाजमा सधैं सकारात्मक परिवर्तन ल्याउन खोजेका आयुष्मानले चलचित्रमा आफूले छानेको विषयमार्फत् देश र देशवासीका लागि केही योगदान दिन सफल भएको बताएका छन् । अभिनय र सिनेमामा पुरुष पात्र भूमिकालाई अलग परिभाषा दिन सफल भएकोमा आयुष्मानलाई अभिनेत्री दीपिका पादुकोणले तारिफ गरेकी छिन् ।

टाइम्सको यो सूचीमा भारतबाट अन्य चार चर्चित व्यक्तित्व पनि पर्न सफल भएका छन् । सूचीमा भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, गुगलका सीईओ सुन्दर पिचाई, लण्डनमा बस्दै आएका भारतीय मुलका डाक्टर रविन्द्र गुप्ता र शहिन बाग परेका छन् । अन्य अन्तर्राष्ट्रिय कलाकारमध्ये सेलेना गोमेज, पारासाइटका निर्देशक बोंग जुन हो, फोबे वालर र ब्रिटिस अभिनेत्री मिकेला कोएल पनि सूचीमा छन् ।