Rumpum Advertisement

कम्तीमा ३८० ह्वेल मरे, सम्रदी किनारमा फसेका थिए, उद्धारमा कठिनाई

Neuro Revised Adv
Koshi Dashain ad
कम्तीमा ३८० ह्वेल मरे, सम्रदी किनारमा फसेका थिए, उद्धारमा कठिनाई

विराटनगर, ८ असोज । समुद्री छालसँगै किनारामा फसेकामध्ये कम्तीमा तीन सय ८० वटा ह्वेल अस्ट्रेलियाको तास्मेनियाको तटमा मरेका छन् ।

समुद्री छालसँगै किनारमा सोमबार तास्मेनियाको पश्चिमी तटीय क्षेत्रमा फसे पनि उद्धारमा कठिनाई हुँदा ह्वेलहरु मरेका हुन् । अस्ट्रेलियाको इतिहासमै सबैभन्दा धेरै ह्वेल मरेका हुन् । किनारमा फसेकामध्ये तीन सय ८० बढी ह्वेल मरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धारकर्मीले अहिलेसम्म ७० वटा ह्वेललाई बचाएका छन् । तटीय क्षेत्रमा अझै करिब २० वटा ह्वेल फसेको र उनीहरुलाई उद्धार गर्ने प्रयासमा भइरहेको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् । ह्वेलहरु जीवित रहेसम्म नै उद्धारको प्रयास जारी रहने तास्मेनिया सरकारले जनाएको छ । किनारको बालुवामा फसेका ह्वेल पानीमा फर्किन नसक्दा घटना भएको जनाइएको छ ।

उद्धारमा खटिएका ६० जनाभन्दा बढी उद्धारकर्मीले कठिन प्रयास गरी केही ह्वेललाई पुनः समुद्रमा फर्काएका छन् । समद्री किनारमा फसेका दुई सय ७० ह्वेल देखिएक थिए । त्यसपछि हेलिकप्टर मार्फत गरिएको निरीक्षणको क्रममा नजिकै अर्को स्थानमा अरु दुई सय ह्वेल फसेको देखियो । दुवै स्थानका ह्वेल एकै समूहका रहेको अनुमान छ ।

अस्ट्रेलियामा पाइने मध्ये ८० प्रतिशत भन्दा बढी ह्वेलहरु तास्मेनियामा छन् । यसअघि सन् १९३५ मा २९४ तथा सन् २००९ मा झण्डै २०० ह्वेल तास्मेनियाको समुद्री किनारमा फसेका थिए ।