Rumpum Advertisement

बुटवलमा दुई संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
बुटवलमा दुई संक्रमितको मृत्यु

विराटनगर, ८ असोज । बुटवलमा कोरोना भाइरसका दुई संक्रमितको मृत्यु भएको छ ।

उनीहरुको कोरोना विशेष अस्पताल बुटवलमा एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अशोज १ गतेदेखि उपचाररत कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षका पुरुष र भदौ २७ गतेदेखि उपचाररत नवलपरासी रामग्राम ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो।

अशोज १ गते अस्पतालमा भर्ना भएका कपिलवस्तुका पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनमा मधुमेह र मिर्गौलाको समस्या थियो।

नवलपरासी रामग्रामकाका पुरुषमा कलेजोको समस्या थियो। उनको बिहीबार बिहान चार बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए।