Rumpum Advertisement

लेइस्टरलाई हराउँदै आर्सनल अघिल्लो चरणमा

Neuro Ad
लेइस्टरलाई हराउँदै आर्सनल अघिल्लो चरणमा

विराटनगर, ८ असोज । इंग्लिस काराबाओ कपमा आर्सनल अघिल्लो चरणमा प्रवेश गरेको छ । बुधबार राति लेइस्टर सिटीमाथि २–० गोलको जित निकाल्दै आर्सनलले चौथो चरणमा स्थान पक्का गरेको हो ।

लेइस्टरको मैदानमा भएको खेलमा आर्सनललाई जिताउन इड्डी केटियाले एक गोल गरे भने एक आत्मघाती गोल उपहारमा पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५९औं मिनेटमा लेइस्टरका क्रिस्टियन फुच्सले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनलले अग्रता बनाएको थियो ।

खेलको ९०औं मिनेटमा केटियाले गोल गर्दै आर्सनललाई २–० गोलको जित दिलाए ।