Rumpum Advertisement

चेल्सीले बर्न्स्लीको पोस्टमा लगायो आधा दर्जन गोल, हाभर्ट्जको ह्याट्रिक

Neuro Revised Adv
Koshi Dashain ad
चेल्सीले बर्न्स्लीको पोस्टमा लगायो आधा दर्जन गोल, हाभर्ट्जको ह्याट्रिक

विराटनगर, ८ असोज । इंग्लिस काराबाओ कपमा चेल्सीले फराकिलो जित निकालेको छ । बुधबार राति भएको तेस्रो चरणको खेलमा चेल्सीले बर्न्स्लीविरुद्ध ६–० गोल अन्तरको फराकिलो जित निकालेको हो ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा काइ हाभर्ट्जले ह्याट्रिक गरे भने ट्यामी अब्राहम, रोज बार्क्ली र ओलिभर जिराउडले समान एक–एक गोल गरे ।

चेल्सीले अब्राहमको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको १९औं मिनेटमा उनले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए ।

खेलको २८औं मिनेटमा हाभर्ट्जले डेब्यू गोल गर्दै पहिलो हाफभरि चेल्सीलाई २–० गोलको अग्रता बनाएका थिए ।

४९औं मिनेटमा बार्क्लीले गोल गर्दै चेल्सीको अग्रता तेब्बर बनाउँदा ५५औं मिनेटमा र ६५औं मिनेटमा गोल गर्दै हाभर्ट्जले चेल्सीका लागि पहिलो ह्याट्रिक पूरा गरे ।

खेलको ८३औं मिनेटमा जिराउडले गोल गरेपछि चेल्सीले ६–० गोलको जित निकाल्दै अघिल्लो चरणमा स्थान बनायो ।

यस खेलबाट थियागो सिल्भाले डेब्यू गरेका थिए । उनी यसै समर ट्रान्सफरमा फ्रेन्च क्लब पीएसजीबाट चेल्सीमा अनुबन्ध भएका हुन् ।