Rumpum Advertisement

कोलकत्तालाई मुम्बईको १९६ रनको लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
कोलकत्तालाई मुम्बईको १९६ रनको लक्ष्य

विराटनगर, ७ असोज । तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविकको विजेता मुम्बई इन्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई १९६ रनको लक्ष्य दिएको छ ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९५ रन बनायो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रन बनाए । उनले आईपीएलमा ३७औं अर्धशतक बनाए । ५४ बल खेलेका रोहितले ६ छक्का र ३ चौका प्रहार गरे ।

यस्तै सूर्यकुमार यादवले ४७ रन बनाउँदा सौरभ तिवारीले २१ रन जोडे । हार्दिक पाण्डेले १८ रन जाड्दा किरन पोलार्डले १३ रन बनाए ।

बलिङतर्फ शिवमा माभीले दुई विकेट लिए भने आन्द्रे रुसेल र सुनिल नारिनेले समान एक–एक विकेट लिए ।

यस खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन् । मुम्बईले आफ्नो दोस्रो खेल खेलिरहेको हो भने कोलकत्ताले आफ्नो पहिलो खेल खेलिरहेको हो ।

मुम्बई आईपीएलको उद्धाटन खेलमा साविकको उपविजेता चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।