Rumpum Advertisement

‘कोरोना महामारीले एसियामा भेदभाव बढाउँदैछ’

Neuro Revised Adv
Koshi Dashain ad
‘कोरोना महामारीले एसियामा भेदभाव बढाउँदैछ’

विराटनगर, ७ असोज । कोरोना महामारीका कारण एसियामा कमजोर समुदायमाथिको भेदभाव बढ्दो क्रममा रहेको इन्टरनेशनल फेडेरेसन अफ रेडक्रस एण्ड रेड क्रेसेन्ट सोसाइटीले चेतावनी दिएको छ ।

इन्डोनेसिया, मलेसिया, म्यानमार र पाकिस्तानका पाँच हजार मानिसमा गरिएको सर्वेक्षणमा दुईमध्ये एकले कुनै विशेष समूहलाई कोरोना भाइरस फैलाउने कारण भएको बताएको थियो ।

सार्वजनिक गरिएको सर्वेक्षणमध्ये ४९ प्रतिशतले एउटा विशेष समूह कोरोना भाइरसको फैलावटको लागि जिम्मेवार छ, त्यमध्ये धेरैले चिनियाँ, आप्रवासी र विदेशीहरू रहेको उल्लेख छ ।

सर्वेक्षणमा धार्मिक समारोहहरूमा भाग लिने, मास्क लगाउने वा शारीरिक दूरी कायम राख्ने जस्ता नियमहरू नचाहने मानिसहरूलाई पनि उद्धृत गरिएको थियो ।

प्रमुख अन्वेषक र एजेन्सीको एसिया प्रशान्त समुदाय संगग्नता र उत्तरदायित्व समन्वयक भिभियान फ्लकले ती निष्कर्षहरूलाई “डरलाग्दो” भनेर वर्णन गरेका छन् ।

आप्रवासी जस्ता कमजोर समूह र मास्कजस्ता सुरक्षात्मक उपकरण किन्न नसक्नेलाई भेदभाव गर्न सकिने हुँदा चिन्ता बढिरहेको उनको भनाइ छ । इन्डोनेसियाका आधाभन्दा धेरैले विदेशी र कानुन नमान्नेहरूका कारण कोरोना संक्रमण फैलिएको बताएको थियो ।

मलेसियामा दुई तिहाइ मानिसहरू आप्रवासी, विदेशी पर्यटक र अवैध विदेशीहरूको कारण मुलुकमा कोरोना संक्रमण फैलिएको बताउँछन् । त्यस्तै, पाकिस्तानका मानिसहरू पनि सरकारले राम्रोसँग इरानसँगको सीमा बन्द गर्न नसकेका कारण मुलुकमा कोरोना संक्रमण बढेको बताउँछन् ।

अध्ययनकर्ताहरूको अनुसार सर्वेक्षणको क्रममा यी चारै देशमा उच्च शिक्षा हासिल गरेका मानिसहरूले भने कुनै विशेष समूहलाई दोषारोपण गर्ने गरेका छैनन् ।