Rumpum Advertisement

आकाश र सलोनको ‘हिँड्दा हिँड्दै’ निर्माण घोषणा

Neuro Revised Adv
Koshi Dashain ad
आकाश र सलोनको ‘हिँड्दा हिँड्दै’ निर्माण घोषणा

विराटनगर, ७ असोज । ‘हिँड्दा हिँड्दै’ नाम राखेर फिल्म निर्माणको घोषणा भएको छ ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै मिलन आले मगरको निर्देशन रहने फिल्म ‘हिँड्दा हिँड्दै’ निर्माणको घोषणा गरिएको हो । फिल्मको कलाकारहरूको नाम पनि घोषणा गरिएको छ । दिल लामा, राजकुमार थिङ र पारस गुरुङ प्रस्तुतकर्ता रहेको फिल्ममा अभिनेता आकाश श्रेष्ठ, सलोन बस्नेतको साथमा नव–कलाकार रेखा शाह र विकास थापाको मुख्य भूमिका रहने पक्का भएको छ ।

चलचित्रमा सुशील पंगेनी प्रस्तुतकर्ता तथा लेखकको रूपमा छन् । युवायुवतीको प्रेम, विछोड र पीडाको कथामा बन्ने फिल्म काठमाडौँ र तराइका विभिन्न स्थानमा छायांकन हुने बताइएको छ । फिल्ममा सुमनकुमार तन्डुकारको छायांकन, देव महर्जनको एक्सन, वसन्त सापकोटाको संगीत तथा कविराज गहतराजको कोरियोग्राफी रहने भएको छ ।

कोरोना भाइरस महामारीका कारण छ महिनादेखि लामो समय चलचित्रसम्बन्धी कुनै पनि काम नहुँदा सम्पूर्ण चलचित्रकर्मीमा एक किसिमको निराशा छाएको थियो । तर, विस्तारै चलचित्रकर्मीहरू सक्रिय हुन थालेका छन् ।