Rumpum Advertisement

झापाका कोरोना संक्रमित वृद्धको विराटमा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
झापाका कोरोना संक्रमित वृद्धको विराटमा मृत्यु

विराटनगर, ७ असोज । झापाको भद्रपुर–१० घर भएका कोरोना संक्रमित ८६ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा उपचारका क्रममा बिहान ५ः५० बजे वृद्धको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाले बताए ।

विराट शिक्षण अस्पतालले मोरङको बूढीगंगामा आइसोलेसन सञ्चालन गरेको भवन ।

उनका अनुसार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनको आईसीयूमा भर्ना गरेर उपचार थाल्दै धेरै प्रयास गरिए पनि वृद्धलाई बचाउन सकिएन । वृद्धलाई उपचारका लागि भर्ना गर्दा ज्वरो, जटिल खालको नियमोनिया, श्वासप्रश्वास तथा मृगौला सम्बन्धी समस्या रहेको जानकारी डा. कोइरालाले बताए ।

उनका अनुसार जटिल खालको निमोनियाले ग्रस्त पारेका कारण वृद्धलाई बचाउन नसकिएको हो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको जानकारी डा. कोइरालाले दिए । अस्पतालले मृतकको शव नियमअनुसार व्यवस्थापन गरिने जनाएको छ ।