Rumpum Advertisement

नयाँ सहकर्मीका साथ भिडाल इन्टरको प्रशिक्षणमा

Neuro Ad
नयाँ सहकर्मीका साथ भिडाल इन्टरको प्रशिक्षणमा

विराटनगर, ६ असोज । चिलियन मिडफिल्डर अर्टुरो भिडाल इटालियन क्लब इन्टर मिलानबाट प्रशिक्षण थालेका छन् । मंगलबार मात्र सिरी ‘ए’ क्लब इन्टरमा अनुबन्ध भएका भिडालले आजै नयाँ सहकर्मीका साथ प्रशिक्षण गरेका हुन् ।

सहकर्मीका साथ भिडाल इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेसँग पनि देखिएका थिए । इन्टर नयाँ सिजनको सिरी ‘ए’को तयारीमा छ । आगामी आइतबार फियोरेन्टिनासँग खेल्दै इन्टरले सिजनको सुरुआत गर्नेछ ।

इन्टरले ३३ वर्षीय भिडाललाई १ मिलियन युरोमा अनुबन्ध गरेको हो । बार्सिलोनासँगको सम्झौता बाँकी छँदै भिडालले क्याप नोउ छोडेका हुन् । उनी र बार्सिलोनाबीच जुन २०२१ सम्मको सम्झौता थियो ।

तर, बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले भिडाललाई आफ्नो योजनामा नरहेको बताउँदै विकल्प खोज्न भनेपछि उनी इन्टरमा अनुबन्ध भएका हुन् ।