Rumpum Advertisement

गोविन्द केसीले लिए स्वेच्छिक डिस्चार्ज

Neuro Revised Adv
Koshi Dashain ad
गोविन्द केसीले लिए स्वेच्छिक डिस्चार्ज

काठमाडाैं, ६ असाेज । डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन् । अनसनरत केसीले मंगलबार ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन् ।

दिउँसो ट्रमा सेन्टर पुर्‍याइका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन् ।

९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट काठमाडाैं आएका थिए । उनी त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो ।

केसीले शिक्षण अस्पतालमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल सारिएको हो ।

केसीका समर्थकहरूले ‘वि आर विथ जिकेसी’, ‘डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए ।