Rumpum Advertisement

लोकतन्त्रको अभ्यासको गम्भीर समीक्षा आवश्यक : सभामुख सापकोटा

Neuro Revised Adv
Koshi Dashain ad
लोकतन्त्रको अभ्यासको गम्भीर समीक्षा आवश्यक : सभामुख सापकोटा

काठमाडाैं, ६ असाेज । संघीय संसद प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको अभ्यास ठीक तरिकाले भए-नभएको सम्बन्धमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

मंगलबार प्रेस काउन्सिलले आफ्नो एकाउन्नौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रको अभ्यास ठीक तरिकाले भए-नभएको सम्बन्धमा समीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् ।

लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्ने सम्बन्धमा देखिएका चुनौतीहरूका कारण लोकतन्त्रको अभ्यास ठीक तरिकाले भयो-भएन समीक्षा आवश्यक भएको उनको भनाइ छ ।

पछिल्लो समय विकास भएका प्रवितिको सकारात्मक पक्ष र नकारात्मक पक्षले गर्दा लोकतन्त्रको कर्यान्वयनमा चुनौती बढेको पनि सभामुख सापकोटाले बताए । त्यसैले लोकतन्त्रलाई संस्थागत गर्ने सम्बन्धमा राज्यका निकायहरू र नागरिकको समेत भूमिका बढेको बताए ।

त्यसका लागि जनतालाई केन्द्रमा राखेर लोकतन्त्रको अभ्यास गर्नुको विकल्प नरहेको पनि सभामुख सापकोटाले स्पस्ट पारे । त्यसका लागि संघीय संसदलाई जीवन्त बनाइराख्न आफूले जोड दिइरहेको उनले बताए ।