Rumpum Advertisement

थप एक विश्वकप खेल्ने सिल्भाको इच्छा

Neuro Ad
थप एक विश्वकप खेल्ने सिल्भाको इच्छा

विराटनगर, ६ असोज । ब्राजिलियन डिफेन्डर थियागो सिल्भाले थप एक विश्वकप खेल्ने इच्छा ब्यक्त गरेका छन् । ब्राजिलका कप्तानसमेत रहेका सिल्भाले सन् २०२२ मा हुने कतार विश्वकप खेल्ने इच्छा ब्यक्त गरेका हुन् ।

३५ वर्षीय सिल्भा हालै पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट प्रिमियर क्लब चेल्सीमा अनुबन्ध भएका हुन् । सिल्भालाई चेल्सीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । सन् २०१२ मा फ्रान्सको राजधानी पेरिस आएका उनी आठ वर्ष पीएसजी बसाइ बिट मार्दै चेल्सी पुगेका हुन् ।

आठ वर्षअघि इटालियन क्लब एसी मिलानबाट पीएसजीमा आवद्ध भएका उनले सात वटा लिग वानसहित २३ वटा उपाधिहरू जितेका छन् ।

सन् २००८ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले तीन पटक विश्वकप खेलेका छन् । जसमा उनले ८९ खेल खेलेका छन् ।

चेल्सीका अफिसियल साइटसँग अन्तर्वार्ता दिँदै सिल्भाले ३८ वर्षको उमेरमा पनि कतार विश्वकप खेल्ने आफ्नो इच्छा रहेको बताए ।

‘मैले अगाडि पनि भनिसकेको छु कि अर्को विश्वकप खेल्ने सम्भावनाले मलाई अझै पनि प्रेरित गर्छ । अर्को विश्वकपको क्रममा म ३८ वर्षको हुनेछु र यसका लागि राम्रो लयमा हुन आफूलाई प्रेरित गरिरहेको छु,’ उनले भने ।