Rumpum Advertisement

मोरङमा ५६ सहित प्रदेशमा थपिए १६६ संक्रमित

Neuro Ad
मोरङमा ५६ सहित प्रदेशमा थपिए १६६ संक्रमित

विराटनगर, ६ असोज । प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा तीन, तेह्रथुममा एक र प्रदेश एक बाहिरका छजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै दुहवीमा आठ महिला १२ पुरुष, इटहरीमा आठ महिला १२ पुरुष, रामधुनीमा दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको बुढीगंगामा आठ महिला १५ पुरुष, विराटनगरमा ११ महिला १० पुरुष, बेलबारीमा पाँच महिला तीन पुरुष, रंगेलीमा दुई, जहदामा एक पुरुष, पथरीशनिश्चरेमा एक महिला, झापाको दमकमा सात महिला नौ पुरुष, मेचीनगरमा दुुई महिला एक पुरुष, भद्रपुरमा दुई पुरुष, अर्जुनधारामा एक पुरुष, कमल गाउँपालिका र स्थानीय तह नखुलेका एक–एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता संखुवासभाको खाँदबारीमा दुई र सभापोखरीमा एक पुरुष, तेह्रथुमको छथरमा एक पुरुष र प्रदेश एक बाहिरका दुई महिला चार पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या पाँच हजार ८५९ पुगेको छ ।

प्रदेश १ मा आज ३७ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग वाणिज्य संघ आइसोलेसन ताप्लेजुङबाट तीन, होम आइसोलेसनबाट पाँच, विराट मेडिकल र न्यूरो अस्पतालबाट एक–एकजना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या दुई हजार पाँच सय ९१ पुगेको छ ।

प्रदेश १ मा आज एक हजार तीन सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म एक लाख १७ हजार आठ सय ८८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।