Rumpum Advertisement

विराटनगरबाट नेपाल टेलिकमको तार चोरी गर्ने चार जना पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरबाट नेपाल टेलिकमको तार चोरी गर्ने चार जना पक्राउ

विराटनगर, ६ असोज । विराटनगरबाट नेपाल टेलिकमको तार चोरी गर्ने चार जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूबाट नेपाल टेलिकमको तार चोरी गर्ने चार जनालाई विराटनगर–४ जामुनगाछीबाट प्रहरीले पक्राउ गरेको हो ।

१ असोजमा विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूबाट टेलिकमको तार चोरी भएको उजुरी आएसँगै खोजी कार्य अगाडि बढाउने क्रममा प्रहरीले जामुनगाछीबाट २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रवीन सहनी र १९ वर्षीय सुमित सहनीलाई पक्राउ गरेको हो

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खोजतलासकै क्रममा सोमबार राति ८ बजे जामुनगाछीबाट चारै जनालाई पक्राउ गरिएको हो ।

साथै उनीहरूले चोरी गरी लगेको नेपाल टेलिकमको १५० पेयरको २२० मिटर केवल तारसमेत बरामद गरिएको छ ।

यसैगरी उनीहरूले प्रयोग गर्ने को ९ प ४१५८ नम्बरको यमाहा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।

यसरी चोरिएका सामानसहित पक्राउ परेका चारै जनामाथि चोरी ऐनअन्तर्गत कानूनी कारबाही पनि अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।