Rumpum Advertisement

आज दुई जनाले कोरोनाका कारण ज्यान गुमाए

Neuro Ad
आज दुई जनाले कोरोनाका कारण ज्यान गुमाए

विराटनगर, ६ असोज । नेपालमा मंगलबार थप २ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप दुई जनाको मृत्यु भएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

नेपालमा काेराेना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेकाे छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । मंगलबार ११ सय ५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।