Rumpum Advertisement

मंगलबार थप ८२३ जना कोरोनाबाट निको भए

Neuro Revised Adv
Koshi Dashain ad
मंगलबार थप ८२३ जना कोरोनाबाट निको भए

विराटनगर, ६ असोज । नेपालमा मंगलबार थप ८२३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोनाबाट निको भएको जानकारी दिएको छ ।

यससँगै कोरोनामुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

नेपालमा काेराेना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेकाे छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । मंगलबार ११ सय ५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

आज थप २ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४२९ पुगेकाे छ ।