Rumpum Advertisement

कोरोना अपडेट : आज १३ सय ५६ नयाँ संक्रमित थपिए

Neuro Ad
कोरोना अपडेट : आज १३ सय ५६ नयाँ संक्रमित थपिए

विराटनगर, ६ असोज । नेपालमा मंगलबार थप १३ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १५४ जनाको परीक्षणमा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यससँगै नेपालमा काेराेना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेकाे छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आज थप २ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४२९ पुगेकाे छ ।