birat ribon

‘निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक’

Neuro
‘निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक’

काठमाडौ, ६ असोज । नेपाल कानुन समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक रहेको बताएको छ ।

कानुन समाजले ‘भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन)’ विधेयकमा निर्वाचन प्रणाली र राजनीतिक नियुक्तिहरु पारदर्शी बनाउने विषय उल्लेख गर्नुपर्ने सुझाव संसदीय समितिलाई दिएको छ । भ्रष्टाचारको मुख्य जड निर्वाचन प्रणाली भएकाले त्यसमा परिमार्जन गर्नुपर्ने सुझाव विधायन व्यवस्थापन समितिलाई दिइएको कानुन समाजका सदस्य खिमलाल देवकोटाले बताए ।

cura insider

निर्वाचनमा खर्च गर्न नपाउने, उम्मेदवार बन्दा दलले रकम असुल गर्ने प्रचलनको अन्त्य गर्नुपर्ने, दलगत आर्थिक सहयोग गर्ने व्यवस्था र सम्पूर्ण कारोबार बैंक मार्फत मात्र गर्ने व्यवस्था गर्नुपर्ने सुझाव समितिलाई दिइएको उनले बताए । भ्रष्टाचारीले राजनीतिक र प्रशासनिक संरक्षण खोज्ने गरेका कारण पनि नियन्त्रणमा समस्या रहेको उल्लेख गर्दै उनले राजनीतिक र कर्मचारीतन्त्रबाट संरक्षण प्राप्त गर्न नसक्ने व्यवस्था गर्नु उपयुक्त हुने बताए ।

कानुन समाजले राजनीतिक, प्रशासनिक र निजी क्षेत्रको गठबन्धनलाई निस्तेज पार्ने कानुनी व्यवस्था गर्दै अनुचित कामलाई उचित बनाउने पद्दतिसमेत निरुत्साहित गर्न आवश्यक रहेको बताएको छ । संवैधानिक नियुक्ति गर्दा कम्तिमा दुई वर्ष कुलिङ अवधि राखेर मात्रै गर्नुपर्ने आवश्यक रहेको छ ।

कानुनी दण्डले मात्रै भ्रष्टाचार नियन्त्रण हुन नसक्ने भएकाले सामाजिक बहिस्कार जस्ता अभियानसमेत सञ्चालन गर्न आवश्यक रहेको सुझाव कानुन समाजले दिएको छ । कानुन समाजले निजी क्षेत्रमा अख्तियारको प्रवेशले लगानीमा असर गर्नेतर्फ पनि ध्यान दिन सुझाव दिएको छ । यस्तै पदमा बहाल हुँदा र पदबाट हटेपछि तत्काल सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने अमिल्दो सम्पत्ति देखिएमा भ्रष्टाचारमा कारवाही चलाउन पाउने कानुन आवश्यक रहेको सुझाव कानून समाजले दिएको छ ।

स्टिङ अपरेसनका माध्यमबाट कर्मचारीलाई फसाउने पद्दतिको विकास भएकाले त्यसको अन्त्य गर्दै नीतिगत तहमा हुने भ्रष्टाचारको नियन्त्रण गर्ने सम्बन्धमा परिपक्व कानुन बनाउन आवश्यक रहेको पनि कानुन समाजले बताएको छ ।

jackson ribon