birat ribon

चितवनका होटल खुल्ने तयारीमा

Neuro
चितवनका होटल खुल्ने तयारीमा

चितवन, ६ असोज । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु हिजोआज खोल्ने तयारीमा छन् । व्यवसायीहरुले कभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत ११ गतेयता लकडाउन गर्दै आएको थियो । पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडानसमेत सुचारु भएका छन् । जसका कारण फेरि पनि पर्यटन क्षेत्र सुचारु हुने तरखरमा छ ।

cura insider

चितवनको सौराहा पनि देशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । त्यसैले यहाँका होटल व्यवसायीहरुले कोभिड १९ संक्रमण रोकथामका लागि मापदण्ड पूरा गरी होटल सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

लामो समय बन्द भएकाले सरसफाइ र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन पाँचदेखि २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । तत्काल पर्यटकहरु आउने सम्भावना नभए पनि सबै मापदण्ड पूरा गरेर होटल सुचारु गर्न लागिएको उनले बताए । चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कन अझै दुई वर्ष लाग्नेसमेत भट्टराईको भनाइ छ ।

बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकिँदै गरेकाले केही आन्तरिक पर्यटक आउने आसमा सौराहाका व्यवसायी रहेका छन् । व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको बुझाइ छ । सरकारले पुनर्कर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटल सञ्चालन गर्न चालु पूँजीको अभाव भएको पनि व्यवसायीहरुले बताए ।

होटल व्यवसायी ध्रुव गिरीले लामो समय बन्द भएका होटलको सरसफाइ गर्ने, मर्मत गर्ने काममा आफूहरु व्यस्त रहेको बताए । उनले होटल सुचारु गर्नका लागि कर्मचारीहरुलाई १५/१५ दिन गरी मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएकोसमेत बताए ।

चितवनको सौराहामा करिब दुई सयको संख्यामा होटल तथा रेष्टुरेन्टहरु रहेका छन् । त्यस्तै पाँच हजार पाँच सयजनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् । सौराहा क्षेत्रका होटल तथा रेष्टुरेन्टहरु पूर्णरुपमा पर्यटनमा आधारित छन् । कोभिडका कारण तत्काल बाह्य पर्यटक आउन नसक्ने भए पनि आन्तरिक पर्यटक आउने झिनो आशाले होटल रेष्टुरेन्ट सुचारु गर्न लागिएको व्यवसायीहरु बताउँछन् ।

jackson ribon