birat ribon

तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याइने

Neuro
तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याइने

काठमाडौ, ६ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैलाई लक्षित गर्दै यो वर्ष तीन हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

हरेक वर्ष खसीबोका किनेर सर्वसुलभरुपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी÷बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताइन् । कति संख्यामा खरिद गर्ने भन्ने एकिन भए पनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताइन् ।

cura insider

संस्थानले विगत वर्षहरु जस्तै यो वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि बिक्री गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले बताइन् । एकीकृतरुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढीभन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने उनले बताइन् ।

संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्जलगायतका स्थानबाट खसीबोका ल्याउने गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यस पटक खाद्यले खसीबोका खरिदका लागि अनुमानित पाँच करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल पाँच करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

jackson ribon