birat ribon

पर्यटन मजदुर आन्दोलित

Neuro
पर्यटन मजदुर आन्दोलित

काठमाडौ, ६ असोज । कोरोना महामारीका कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने बताएका छन् ।

पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी केही दिनभित्रमा पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने बताएको हो ।

cura insider

संघर्ष समितिका संयोजक प्रकाश घायल राईले लकडाउनका कारण लामो समयदेखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिलेसम्म सुनुवाइ नभएकाले आन्दोलन गर्नुपर्ने स्थितिमा आफूहरु पुगेको बताए । उनले तत्काल ‘मजदुर कल्याणकारी कोष’को रकमबाट आफूहरुलाई राहत दिनुपर्ने मागसमेत गरे ।

धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दासमेत सुनुवाइ नभएको उनले बताए । आफूहरुले पाँच वर्षयता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्नसमेत सरकारी निकायहरुले नमानेको उनले बताए ।

आफैले जम्मा गरेको रकम ऋणको रुपमा समेत पाउन नसक्दा मजदुरहरु समस्यामा परेको उनको गुनासो छ । सरकारबाट लाइसेन्स प्राप्त २५ हजार मजदुरहरु अहिले समस्यामा परेकोले तत्काल राहत दिन माग गरे । अबको केही दिनभित्रमा राहत नपाए सबै मजदुर सडका उत्रने स्थिति आउने उनले बताए ।

विपद्को बेलामा भोक लाग्यो भन्दा सरकारी निकायबाट सुनुवाइ हुँदैन भने आफूहरु वैचारिक र भौतिकरुपमा आन्दोलनमा उत्रने र त्यसबाट दुर्घटना भए जिम्मेवारी सरकारले लिनुपर्ने राईको भनाइ छ । गत वर्षको चैत महिनायता कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा पर्यटन क्षेत्र ठप्प छ । जसका कारण हजारौंको संख्यामा रहेका पर्यटन मजदुरहरुको रोजगारी गुमेको छ ।

jackson ribon