Rumpum Advertisement

आईपीएल : हैदरावादसामु बैंग्लोरको १६४ रनको लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
आईपीएल : हैदरावादसामु बैंग्लोरको १६४ रनको लक्ष्य

विराटनगर, ५ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबादले खेलिरहेका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा बैंग्लोरले हैदराबादलाई १६४ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको बैंग्लोरले निर्धारित २० ओभर खेल्दा पाँच विकेटको क्षतिमा १६३ रन बनायो । बैंग्लोरका लागि देबदत पार्डिकलले ५६ रन जोडे भने एबी डी भिलियर्सले ५१ रनको पारी खेले ।

पार्डिकलले आईपीएलको डेब्यू खेलमै अर्धशतक प्रहार गरेका हुन् । यस्तै आरोन फिन्चले २९ रन बनाउँदा कप्तान विराट कोहलीले १४ रन जोडे ।

बलिङतर्फ हैदराबादका टी नटराजन, विजय शंकर र अजय शर्माले समान १–१ विकेट लिए ।

यस खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।