Rumpum Advertisement

जोन अभिनित ‘सत्यमेव जयते २’ आगामी वर्षको ईदमा रिलिज हुने

Neuro Revised Adv
Koshi Dashain ad
जोन अभिनित ‘सत्यमेव जयते २’ आगामी वर्षको ईदमा रिलिज हुने

विराटनगर, ५ असोज । बलिउड अभिनेता जोन अब्राहम अभिनित फिल्म ‘सत्यमेव जयते २’ को रिलिज मिति घोषणा गरेको छ ।

निर्माण टिमले फिल्मको एक पोस्टर सेयर गर्दै फिल्मको रिलिज मिति घोषणा गरेको हो । पोस्टरमा जोनलाई प्रस्तुत गरिएको छ ।

फिल्मलाई सन् २०२१ को १२ मे अर्थात ईदमा रिलिज गरिने घोषणा गरिएको छ ।

फिल्ममा जोनका साथ अभिनेत्री दिव्या खोसला कुमार, मनोज बाजपेयी र अमिरा दस्तुरको मुख्य भूमिका रहने छ । अक्टोबर रिलिजको लागि फिल्मको छायांकनको अप्रिलमा सुरु हुने बताइएको थियो तर, कोरोना भाइरसका कारण छायांकन हुन नसकेपछि फिल्मको स्क्रिप्टमा काम भइरहेको छ ।

मिलाप जावेरीको निर्देशनमा तयार हुने फिल्मलाई कथाको मागअनुसार मुम्बई नभएर लखनऊमा छायांकन गरिने भएको छ ।

लकडाउन सकिएसँगै ‘सत्यमेव जयते २’ को छायांकन सुरु गर्ने तयारी भइरहेको छ । जोनले ‘सत्यमेव जयते २’ को छायांकन पूरा गरेपछि नयाँ फिल्म ‘पठान’ का लागि समय निकाल्ने छन् ।