Rumpum Advertisement

राकिटिकद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

Neuro Revised Adv
Koshi Dashain ad
राकिटिकद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

विराटनगर, ५ असाेज । क्रोएशियन मिडफिल्डर इभान राकिटिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

सोमबार ३२ वर्षीय राकिटिकले सन्सासकाे घोषणा गरेको क्रोएशिया फुटबल फेडेरसनले जनाएकाे छ ।

फेडेरेसनले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत राकिटिकले राष्ट्रिय टोलीबाट बिदा लिएकाे पुष्टि गरेकाे छ ।

सन् २००७ देखि राष्ट्रिय टोलीबाट खेल्न थालेका राकिटिकले क्रोएसियाका लागि १०६ खेलमा १५ गोल गरेका छन् ।

रसिया विश्वकप २०१८ मा क्राेएशियालाई फाइनलसम्म पुर्‍याउन राकिटिकको भूमिका महत्त्वपूर्ण थियो ।

‘राष्ट्रिय टोलीबाट बिदा लिनु मेराे करिअरकै सबैभन्दा कठिन निर्णय हो,’ राकिटिकले सन्यास लिँदै भनेका छन्, ‘तर, मलाई लाग्छ यो निर्णय ठीकै छ । मैले आफ्नो मातृभूमिबाट खेल्दा निकै आनन्द लिएकाे थिएँ जहाँ बिर्सनै नसक्ने पलहरू छन् । विशेषगरी विश्वकप मेरो लागि सबैभन्दा सम्झनलायक पल हो ।’