Rumpum Advertisement

बंगलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने

Neuro Revised Adv
Koshi Dashain ad
बंगलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने

काठमाडाैं, ५ असाेज । नेपाललाई बंगलादेशबाट युरिया मल ल्याउन भारतले सहजीकरण गर्ने भएकाे छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच सोमबार भएको भेटमा क्वात्राले बङ्गलादेशबाट आयात गर्न लागिएको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्ने बताएको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

भारतीय राजदूतले कृषिको विकासमा नेपालसँगको सहकार्यले कृषि मात्र नभई नेपाल–भारत सम्बन्धलाई पनि अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताउँदै नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न भारत सधैंँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।