Rumpum Advertisement

निन्द्रामा समस्या भए मोटाइन्छ : अध्ययन

Neuro Revised Adv
Koshi Dashain ad
निन्द्रामा समस्या भए मोटाइन्छ : अध्ययन

विराटनगर, ५ असोज । निन्द्रामा समस्या भएका मानिसलाई मोटोपनाको समस्या निम्तिन सक्छ ।

जामा आन्तरिक चिकित्सामा प्रकाशित गरिएको एउटा नयाँ अध्ययनमा अनुसन्धानकर्ताहरूले दुई वर्षसम्म १ लाख २० हजार मानिसहरूमा निन्द्राको गुणस्तर ट्र्याक गरेका थिए ।

तीमध्ये मोटोपनाको समस्या भएका मानिसहरूको सुताइको अवधि कम रहेको वा उनीहरूको निन्द्राको बानी अधिक परिवर्तनशील रहेको देखिएको थियो ।

निन्द्राको अभाव भोकसँग जोडिएको एउटा वैज्ञानिक कारण छ । निन्द्राबाट वञ्चित भएको बेला घेरलिन हर्मोनको स्तर बढ्छ भने अर्को लेप्टिन हर्मोनको घट्छ । परिणामस्वरुप भोकमा वृद्धि हुन्छ जसले तौललाई बढाउने गर्छ ।

निन्द्राको कमी हुँदा अन्य स्वस्थ खानेकुराभन्दा पनि गुलियो, नुनिलो र स्टार्चयुक्त खानेकुराहरू खाने चाहना बढ्छ जसले तौल वृद्धि गराउन मद्दत गर्छ । पर्याप्त निन्द्रा नपाएको वा खराब निन्द्राका कारण भोकलाई नियन्त्रण गर्न गाह्रो हुन्छ ।

जसकारण मोटोपना मात्र नभएर यसले हृदय रोग, उच्च रक्तचाप र टाइप २ मधुमेह, क्यान्सर, डिप्रेसन, डिमेन्शिया, स्ट्रोकलगायतका स्वास्थ्य समस्याहरूको सबै प्रकारको जोखिमलाई बढाउँछ ।

त्यसैले उमेर अनुसार प्रत्येक रात ७ देखि १० घण्टा राम्ररी सुत्नुपर्छ ।