Rumpum Advertisement

पहिलो हाफमा चेल्सी र लिभरपुलको बराबरी

Neuro Revised Adv
Koshi Dashain ad
पहिलो हाफमा चेल्सी र लिभरपुलको बराबरी

विराटनगर, ४ असोज । इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिरभपुलले चेल्सीसँग खेलिरहेको छ । चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा जारी खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको छ ।

निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफभरि दुवै टोली गोलविहीन छन् । पहिलो हाफको इन्ज्युरी समयमा घरेलु टोली १० खेलाडीमा सीमित भएको छ । आन्द्रियाज क्रिस्टेन्सेनले रातो कार्ड खाँदै मैदान छोडेका छन् ।

यस खेलमा चेल्सी र लिभरपुल दोस्रो जितको खोजीमा छन् । चेल्सीले यसअघि ब्राइटनमाथि ३–१ गोलको जित निकालेको थियो भने लिभरपुलले लिड्स युनाइटेडमाथि ४–३ गोलको जित निकालेको थियो ।