Rumpum Advertisement

आईपीएल : दिल्लीले दियो पञ्जाबलाई मध्यम लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
आईपीएल : दिल्लीले दियो पञ्जाबलाई मध्यम लक्ष्य

विराटनगर, ४ असोज । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्जाबले खेलिरहेका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दिल्लीले पञ्जाबलाई १५८ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभर खेल्दा ८ विकेटको क्षतिमा १५७ रन बनायो । दिल्लीका लागि मार्कुस स्टोइनिसले अजिवित अर्धशतकीय इनिंग्स खेले । २१ बल खेलेका उनले ३ छक्का र ७ चौकाको सहायतामा ५३ रन जोडे ।

कप्तान श्रेयस अय्यरले ३९ रन बनाए । यसैगरी रिषभ पन्तले ३१ रन जाडे भने अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ पञ्जाबका मोहम्मद सामीले ३ विकेट लिए भने सेल्डन कट्रेलले २ विकेट लिए ।

यस खेलमा दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् । दिल्लीको टिममा आवद्ध नेपालका लेग स्पीनर सन्दीप लामिछानेले भने यस खेलमा मौका पाएनन् ।