birat ribon

बुन्डेसलिगामा लेइपजिगको सुखद सुरुआत

Neuro
बुन्डेसलिगामा लेइपजिगको सुखद सुरुआत

विराटनगर, ४ असोज । जर्मन बुन्डेसलिगामा आरबी लेइपजिगले सुखद सुरुआत गरेको छ । आइतबार राति भएको खेलमा मेन्जमाथि ३–१ गोलको जित निकाल्दै लेइपजिगले सुखद सुरुआत गरेको हो ।

लेइपजिगको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन इमिल फोर्सबर्ग, युसुफ पलसेन, अमाडौ हैदराले समान एक–एक गोल गरे । मेन्जका जीन–फिलिप्पे मटेटाले एक गोल फर्काए ।

cura insider

१७औं मिनेटमा फोर्सबर्गले पेनाल्टीमा गोल गर्दै लेइपजिगलाई सुरुआती अग्रता दिलाएका थिए । २१औं मिनेटमा पलसेनले गोल गरेपछि लेइपगिजले पहिलो हाफभरि २–० गोलको अग्रता बनाएको थियो ।

खेलको ४८औं मिनेटमा मटेटाले गोल गर्दै मेन्जलाई खेलमा फर्काउने प्रयास गरे । तर, ५१औं मिनेटमा हैदराले गोल गर्दै लेइपजिगलाई ३–१ गोलको जित दिलाए ।

जितसँगै लेइपजिगले महत्त्वपूर्ण ३ अंक जोडेको छ ।

jackson ribon