birat ribon

न्यूकासलमाथि ब्राइटनको सहज जित

Neuro
न्यूकासलमाथि ब्राइटनको सहज जित

विराटनगर, ४ असोज । इंग्लिस प्रिमियर लिगमा ब्राइटनले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा ब्राइटनले न्यूकासललाई ३–० गोलले हराएको हो ।

न्यूकासलको मैदानमा भएको खेलमा ब्राइटनलाई जिताउन नील मौपेले दुई गोल गरे भने आरोन कोनोलीले एक गोल गरे ।

cura insider

खेलको चौथो मिनेटमा मौपेले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको सातौं मिनेटमा दोस्रो गोल गर्दै मौपेले पहिलो हाफभरि ब्राइटनलाई २–० गोलको अग्रता दिलाए ।

खेलको ८३औं मिनेटमा कोनोलीले गोल गर्दैै ब्राइटनलाई ३–० गोलको जित दिलाए । खेल सकिन एक मिनेट बाँकी छँदा ब्राइटन १० खेलाडीमा सीमित बनेको थियो । उसका भेस बिसाउमाले रातो कार्ड खाँदै मैदान छोडेका थिए ।

जितसँगै ब्राइटनले २ खेलबाट ३ अंक जोडेको छ । अघिल्लो खेलमा पराजित ब्राइटन अंक तालिकाको आठौं स्थानमा छ । समान अंक भएको न्यूकासल ११औं स्थानमा छ ।

jackson ribon