birat ribon

डा. केसीका माग सम्बोधन गर्न कांग्रेसको आग्रह

Neuro
डा. केसीका माग सम्बोधन गर्न कांग्रेसको आग्रह

काठमाडाैं, ४ असाेज । नेपाली कांग्रेसले डा.गोविन्द केसीका जायज माग सम्बोधन गर्न आग्रह गरेकाे छ ।

कांग्रेसको संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवम् परिवर्तनका लागि जुम्लामा अनसन बसेका डा. केसीका माग हालसम्म सरकारले सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

cura insider

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार एक विज्ञप्तिमार्फत अनसनका कारण उनको दिन प्रतिदिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उनको मागलाई वेवस्ता गर्नु दुःखद भएको उल्लेख गरेका छन् ।

कांग्रेस संसदीय दलले सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रूपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गरिएको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएको छ । रासस

jackson ribon