birat ribon

मोटा तिघ्रा हुनु स्वास्थ्यको लागि फाइदाजनक हुनसक्छ

Neuro
मोटा तिघ्रा हुनु स्वास्थ्यको लागि फाइदाजनक हुनसक्छ

विराटनगर ४ असोज । अधिक वजन अर्थात मोटोपनाले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउने गर्छन् ।

मोटोपना विश्वव्यापी मृत्युको लागि पाँचौं मुख्य कारण हो । तर, शरीरमा केही स्थानहरूमा थोरै अतिरिक्त फ्याट वास्तवमा शरिरको लागि राम्रो हुने अध्ययनले देखाएको छ ।

cura insider

रट्टर्स उत्तर अमेरिकी रोग इन्टरभेन्सनद्वारा गरिएको एक अध्ययन अनुसार, तिघ्रा धेरै फ्याट भएका मानिसहरूमा उच्च रक्तचापको सम्भावना कम हुन्छ ।

१० सेप्टेमबरमा अध्ययनलाई अमेरिमाकन हार्ट एसोसिएशनको उच्च रक्तचाप २०२० वैज्ञानिक सत्रमा प्रस्तुत गरिएको थियो । अध्ययनमा ६० भन्दा कम उमेरका करिब ६ हजार वयस्कमा डायस्टोलिक उच्च रक्तचाप, सिस्टोलिक उच्च रक्तचाप र संयुक्त उच्च रक्तचाप तीन प्रकारको उच्च रक्तचापको परीक्षण गरिएको थियो ।

सहभागीहरूमाथि फ्याट टिश्यूहरू नाप्नका लागि विशेष एक्स-रे स्क्यानहरू गरियो । तिघ्रामा फ्याटको मात्रा धेरै भएका व्यक्तिहरूले कम फ्याट भएको व्यक्तीको तुलनामा ६१ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना कम रहेको पत्ता लाग्यो ।

साथै, तिघ्रामा धेरै फ्याट भएको सहभागीहरूलाई डायस्टोलिक उच्च रक्तचाप वा सिस्टोलिक उच्च रक्तचाप हुने सम्भावना कम रहेको पनि पत्ता लाग्यो ।

कम्मरवरिपरि भएको फ्याट स्वास्थ्य, विशेषगरी मुटुको स्वास्थ्यको लागि धेरै खराब हुन्छ, तर तिघ्राको फ्याटले भने हानी नगर्ने देखिएको छ ।

अमेरिकन हार्ट एसोसिएशनका अनुसार उच्च रक्तचापले हर्ट अट्याक, मिर्गौला असफलता, स्ट्रोक, हार्ट फेल्यर, दृष्टि गुम्ने, यौनरोग, धमनी रोग र एनजाइना जस्ता विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छन् ।

jackson ribon