birat ribon

पीएसजीको दोस्रो जित

Neuro
पीएसजीको दोस्रो जित

विराटनगर, ४ असोज । फ्रेन्च लिग वानमा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो जित निकालेको छ ।

आइतबार आफ्नो चौथो खेल खेलेको पीएसजीले नाइसमाथि ३–० गोलको सहज जित निकालेको हो ।

cura insider

नाइसको मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन किलियन एम्बाप्पे, एन्जल डी मारिया र मार्क्वीनहोसले समान १–१ गोल गरे ।

पीएसजीले यसै खेलबाट मैदान फर्किएका एम्बाप्पेको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको ३८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पले पीएसजीलाई अग्रता दिलाए ।

यस्तै पहिलो हाफको इन्ज्युरी समयमा डी मारियाले गोल गर्दै पहिलो हाफभरि पीएसजीको अग्रता दोब्बर बनाए ।

६६औं मिनेटमा मार्क्वीनहोसले डी मारियाको पासमा गोल गर्दै पीएसजीलाई ३–० गोलको जित दिलाए ।

जितसँगै पीएसजीले चार खेलबाट ६ अंक जोडेको छ । चारमध्ये पीएसजीले दुई खेलमा हार ब्यहोरेको छ ।

jackson ribon