birat ribon

सनको ह्याट्रिकसहित चार गोल, टोटनह्यामको शानदार जित

Neuro
सनको ह्याट्रिकसहित चार गोल, टोटनह्यामको शानदार जित

विराटनगर, ४ असोज । कोरियाली फरवार्ड सन हिउङ–मीन चम्किदाँ टोटनह्याम हटस्परले इंग्लिस प्रिमियर लिगमा शानदार जित निकालेको छ ।

आइतबार भएको खेलमा सनले ह्याट्रिकसहित चार गोल गरेपछि टोटनह्यामले साउथह्याम्टनमाथि ५–१ गोलको शानदार जित निकालेको हो ।

cura insider

साउथह्याम्पटनको मैदानमा भएको खेलमा सनले चार गोल गर्दा कप्तान ह्यारी केनले एक गोल गरे ।

खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको ३२औं मिनेटमा डेनी इंग्सले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै पहिलो हाफको इन्ज्युरी समयमा सन हिउङ–मीनले गोल गर्दै टोटनह्यामलाई बराबरीमा फर्काए । सनले केनको पासमा गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।

केनले सनको चार वटै गोलमा पास मिलाएका थिए ।

खेलको ४७औं मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । यस्तै ६४औं मिनेटमा गोल गर्दै सनले ह्याट्रिक पूरा गरे र टोलीलाई ३–१ गोलको अग्रता दिलाए ।

खेलको ७३औं मिनेटमा सनले चौथो गोल गर्दै टोटनह्यामलाई ४–१ गोलको अग्रता दिलाउँदा ८२औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई ५–० गोलको शानदार जित दिलाए ।

जितसँगै टोटनह्यामले ३ अंक जोडेको छ । यसअघि पहिलो खेलमा टोटनह्याम इभर्टनसँग १–० गोलले पराजित भएको थियो ।

jackson ribon