birat ribon

चन्द्रप्रकाशको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार

Neuro
चन्द्रप्रकाशको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार

काठमाडाैं, ४ असाेज । चन्द्रप्रकाश बानियाँले लेखेको ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार २०७६ प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

cura insider

मदन पुरस्कारका लागि १५१ पुस्तक प्राप्त भए पनि सात पुस्तक छनोटमा परेका थिए । विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा कृति पनि मदन पुरस्कार सूची २०७६ मा छनोटमा परेका थिए ।

सबैलाई उछिन्दै बानियाँले लेखेको ‘महारानी’ उपन्यासले मदन पुरस्कार २०७६ पाउने भएकाे हो ।

विसं २०७५ को मदन पुरस्कार पनि योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’ लाई प्रदान गरिएको थियो ।

jackson ribon