birat ribon

बेलायतमा ‘सेल्फ आइसोलेशन’ नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना

Neuro
बेलायतमा ‘सेल्फ आइसोलेशन’ नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना

विराटनगर, ४ असाेज । बेलायती सरकारले ‘सेल्फ आइसोलेशन’को आदेशलाई तोड्ने आफ्ना नागरिकलाई १० हजार पाउन्ड (झण्डै १५ लाख नेपाली रूपैँया) सम्म जरिवाना गर्ने भएकाे छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको हो । बेलायतमा शनिबार मात्र करिब चार हजार ५०० नयाँ सङ्क्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो ।

cura insider

पछिल्ला केही हप्ताको अवधिमा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्ने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

सेप्टेम्बर २८ तारिख यता कोरोना सङ्क्रमित व्यक्ति र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरू ‘सेल्फ आइसोलेशन’मा बस्नुपर्ने व्यवस्था गरिएको हो । सरकारले कम आय श्रोत भएकालाई ५०० पाउण्डको आर्थिक सहयोग दिने पनि जनाइएको छ ।

नयाँ व्यवस्थाअनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ । पटक-पटक यो नियम उल्लंघन गर्नेका लागि यो जरिवाना १० हजार पाउन्डसम्म पुर्‍याइएको हो । यसअघि सेल्फ आइसोलेशनलाई एक निर्देशनका रूपमा मात्रै लागू गरिएको थियो । रासस

jackson ribon