birat ribon

पहिलो हाफमा टोटनह्याम र साउथह्याम्पटनको बराबरी

Neuro
पहिलो हाफमा टोटनह्याम र साउथह्याम्पटनको बराबरी

विराटनगर, ४ असोज । प्रिमियर लिगअन्तर्गत अहिले टोटनह्याम हटस्पर र साउथह्याम्टनले खेलिरहेका छन् ।

साउथह्याम्पटनको मैदानमा जारी खेलको पहिलो हाफमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका छन् ।

cura insider

खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको ३२औं मिनेटमा डेनी इंग्सले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै पहिलो हाफको इन्ज्युरी समयमा सन हिउङ–मीनले गोल गर्दै टोटनह्यामलाई बराबरीमा फर्काए ।

यस खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन् । यसअघि दुवै टोली पराजित भएका थिए ।

jackson ribon