birat ribon

एम्बाप्पे र डी मारियाको गोलमा पहिलो हाफभरि पीएसजीको अग्रता

Neuro
एम्बाप्पे र डी मारियाको गोलमा पहिलो हाफभरि पीएसजीको अग्रता

विराटनगर, ४ असोज । फ्रेन्च लिग वानमा आहिले साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्नो चौथो खेल खेलिरहेको छ ।

नाइससँगको सो खेलको पहिलो हाफमा पीएसजीले २–० गोलको अग्रता बनाएको छ । पीएसजीका लागि किलियन एम्बाप्पे र एन्जल डी मारियाले गोल गरेका हुन् ।

cura insider

नाइसको मैदानमा जारी खेलको ३८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पले पीएसजीलाई अग्रता दिलाएका थिए । यस्तै पहिलाे हाफकाे इन्ज्युरी समयमा डी मारियाले गोल गर्दै २-० गोलकाे अग्रता दिलाए ।

फ्रेन्च स्ट्राइकर एम्बाप्पे यसै खेलबाट मैदान फर्किएका हुन् । कोरोना संक्रमणका कारण तीन खेल गुमाएका एम्बाप्पे नाइससँगको खेलबाट मैदान फर्किएका हुन् ।

यस खेलमा पीएसजी दोस्रो जितको खोजीमा छ । यसअघि तीन खेल खेलको पीएसजी दुई खेलमा पराजित भएको थियो भने तेस्रो खेलमा विजयी भएको थियो ।

पीएसजी ३ अंकसहित तालिकाको १५औं स्थानमा छ । नाइस भने ६ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

jackson ribon