birat ribon

श्रेष्ठ बने कोरोना भाइरसविरुद्धको खोप लगाउने पहिलो नेपाली

Neuro
श्रेष्ठ बने कोरोना भाइरसविरुद्धको खोप लगाउने पहिलो नेपाली

विराटनगर, ४ असोज । रुसमा रहेका एक नेपालीलाई कोरोना भाइरसविरुद्धको खाेप लगाइएको छ ।

मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठलाई शनिबार कोराना भाइरसविरुद्धको खोप लगाइएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीले जानकारी दिएका हुन् ।

cura insider

आफ्नो औपचारिक सामाजिक सञ्जाल फेसबुकमार्फत केसीले सल्यान पूर्खौली घर भएका श्रेष्ठ मस्कोमा एन्टिकोभिड खोप लगाइएका पहिलो नेपाली भएको बताएका छन् ।  

केसीकाअनुसार श्रेष्ठलाई मस्को सरकारको अनलाइन पोर्टलमार्फत पहिलो चरणमा ३० हजार जनालाई खोप दिनेमध्ये छनौट गरिएको हो ।

श्रेष्ठलाई कोरोना भ्याक्सिन दिनभन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो ।

पहिलो खोप लगाएको २१ दिनपछि दोस्रो खोप दिइनेछ । नि:शुल्क रहेको यो खोपले कोभिडविरुद्ध दुई वर्षसम्म सुरक्षित राख्ने बताइएको छ ।

The first LUCKY Nepali who is vaccinated anti Covid vaccine in Moscow Russia.Dr. Mahesh Singh, 61, originally from…

Posted by Badri К.C. on Saturday, September 19, 2020

jackson ribon