birat ribon

कोरोनामुक्त एम्बाप्पे मैदान फर्किए

Neuro
कोरोनामुक्त एम्बाप्पे मैदान फर्किए

विराटनगर, ४ असोज । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर किलियन एम्बाप्पे मैदान फर्किएका छन् ।

लिग वानअन्तर्गत आज हुने नाइससँग खेलबाट फ्रेन्च स्टार एम्बाप्पे मैदान फर्किएका हुन् ।

cura insider

आज साविकको विजेता पीएसजीले लिग वानमा चौथो खेल खेल्दैछ । नेपाली समयानुसार आज दिउँसो ४ः४५ बजेबाट सुरु हुने खेल नाइसको मैदानमा हुनेछ ।

यस खेलमा पीएसजी दोस्रो जितको खोजीमा छ । यसअघि तीन खेल खेलको पीएसजी दुई खेलमा पराजित भएको थियो भने तेस्रो खेलमा विजयी भएको थियो ।

पीएसजी ३ अंकसहित तालिकाको १५औं स्थानमा छ । नाइस भने ६ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

कोरोना संक्रमणका कारण तीन खेल गुमाएका एम्बाप्पे चौथो खेलबाट मैदान फर्किएका हुन् । उनलाई पीएसजीका प्रशिक्षक थोमस टुचेलले सुरुआती ११ मै राखेका छन् ।

jackson ribon