birat ribon

थप दस कोरोना संक्रमितको मृत्यु

Neuro
थप दस कोरोना संक्रमितको मृत्यु

विराटनगर, ४ असोज । नेपालमा आइतबार थप १० जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप दस जनाको मृत्यु भएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

पछिल्लो २४ घण्टायता थप १३ सय २५ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।

आइतबार थप ९६६ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।

jackson ribon