birat ribon

नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुग्यो

Neuro
नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुग्यो

विराटनगर, ४ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

आइतबार थप १३ सय २५ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

cura insider

विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५४८ जनाको परीक्षणमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।

आइतबार थप ९६६ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।

आज १० जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४११ पुगेकाे छ ।

jackson ribon