birat ribon

आइतबार थप ९६६ जना कोरोना संक्रमित निको भए

Neuro
आइतबार थप ९६६ जना कोरोना संक्रमित निको भए

विराटनगर, ४ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।

आइतबार थप ९६६ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

cura insider

पछिल्लो २४ घण्टायता थप १३ सय २५ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।

आज १० जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४११ पुगेकाे छ ।

jackson ribon