birat ribon

मैले मेस्सीलाई बार्सिलोना छोड्न दिइनँ : बार्टोमेउ

Neuro
मैले मेस्सीलाई बार्सिलोना छोड्न दिइनँ : बार्टोमेउ

विराटनगर, ४ असोज । स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले कप्तान लियोनल मेस्सीलाई आफूले क्लब छोड्न नदिएको बताएका छन् ।

क्याटलान टिभी ‘नेटवर्क टिभी३’सँगको कुराकानीमा बार्टोमेउले आफ्नै कारण अर्जेन्टिनी स्टार मेस्सी बार्सिलोना नछोड्ने निर्णयमा पुगेको सुनाए ।

cura insider

सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सी गत महिना क्लब छोड्ने उत्कृर्षमा पुगेका थिए । क्लबको लगातारको खराब प्रदर्शन र क्लबको कार्यकारी समितिबाट दिक्क भएका मेस्सीले केही साताअघि आफूले क्लब छोड्न चाहेको र त्यसको लागि बार्सिलोनाले आवश्यकताअनुरुपको वातावरण मिलाइदिन क्लबसामु आग्रह गरेका थिए ।

तर रिलिज क्लजको लागि ७०० मिलियन यूरो अनिवार्य र सम्झौता अवधि नसकिएको भन्दै क्लबले मेस्सीलाई बार्सिलोनाबाट यो सिजन बाहिरिन दिएन । बार्टोमेउले मेस्सीलाई बार्सिलोनाबाहिर जान नदिने अडान पनि राखे ।

‘मैले उनीसँग कुनै द्वन्द्व गरिनँ । उनी हाम्रा कप्तान हुन् र हाम्रो टोलीका एक नेता हुन्’, उनले भने, ‘मैले उनलाई क्लब छोड्न दिइनँ । उनी सर्वकालीन महान खेलाडी हुन् र टिमलाई उनको खाँचो छ ।’

‘मेस्सी रहनु भनेको सफलताको ग्यारेन्टी हो’, उनले थपे, ‘हामीले आफूलाई बधाई दिनुपर्छ कि मेस्सीले क्याप नोउमै बस्ने निर्णय गरेका छन् । विश्वकै उत्कृष्ट खेलाडी मेस्सी हाम्रो घरमै बस्नेछन् ।’

jackson ribon