birat ribon

आईपीएल २०२० : दिल्ली क्यापिटल्स भर्सेस किंग्स इलेभेन पञ्जाव

Neuro
आईपीएल २०२० : दिल्ली क्यापिटल्स भर्सेस किंग्स इलेभेन पञ्जाव

विराटनगर, ४ असोज । १३औं संस्करणको इन्डियन प्रिमियर लिग शनिबारबाट आबुधाबीमा सुरु भएको छ । पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले आफ्नो विजयी यात्रा प्रारम्भ गरिसकेको छ ।

आईपीएलको दोस्रो दिन आइतबार दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाब आमनेसामने हुँदैछन् । नेपाली समय अनुसार साँझ ७ः४५ बाट सुरु हुने यी दुईबीचको खेलले विश्वभरका क्रिकेट प्रेमीहरूको ध्यान दुबई खिच्ने निश्चित छ ।

cura insider

श्रेयर अय्यरविरुद्ध केएल राहुल

दुई युवा खेलाडीले नेतृत्व गरिरहेको टोली एक–अर्काविरुद्ध प्रतिस्पर्धाका लागि उत्रिनु आफैंमा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दिल्ली क्यापिटल्सलाई दोस्रो सिजन नेतृत्व गरिरहेका श्रेयरलाई पहिलो पटक आईपीएल टोली सम्हालिरहेका राहुललाई भन्दा बढी फाइदा हुने निश्चित छ । दुवै टोलीका युवा कप्तान भारतका उदायीमान ब्याट्सम्यानसमेत हुन् । यी दुईको व्यक्तिगत प्रदर्शनसँगै कसले टोलीको राम्रो नेतृत्व गर्न सक्छ भन्ने प्रश्नको उत्तर आजको खेलले दिनेछ ।

आजको खेलका ६ महत्वपूर्ण खेलाडी

हरेक टोलीमा खेलाडीको भूमिका उत्तिकै महत्वपूर्ण हुने गर्छ र प्रतिस्पर्धाका लागि मैदान उत्रन तयार यी दुवै टोलीमा खेललाई आफ्नो पक्षमा पार्न सक्ने खेलाडी प्रशस्तै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने आजको खेलका दौरान प्रत्यक्ष प्रभाव पार्न सक्ने ६ खेलाडीलाई हामीले यहाँ प्रस्तुत गरेका छौंः

केएल राहुल, किंग्स इलेभेन पञ्जाब (कप्तान)

पछिल्ला दुई आईपीएल सिजनलाई विश्लेषण गर्ने हो भने राहुललाई प्रतियोगिताको आक्रामक ब्याट्सम्यानका रूपमा लिन सकिन्छ । १२ अर्धशतक र एक शतक गरी राहुलले पछिल्ला दुई सिजनमा कूल १२ सय ५० रन बटुलिसकेका छन् । स्टाइलिस दायाँ हाते ब्याट्सम्यान राहुल वाइड रेन्जमा स्ट्रोक गर्न माहिर छन् । पहिलो पटक कप्तानको जिम्मेवारी सम्हालिरहेका राहुलले कस्तो प्रदर्शन गर्ने हुन् त्यो त आजको खेलले बताउने नै छ तर उनी आफ्नो आईपीएल फर्ममा ह्रास आउन नदिन तयार छन् ।

क्रिस गेल, किंग्स इलेभेन पञ्जाब

आफ्ना कप्तान राहुललाई गज्जबको साथ दिन तयार छन्, युनिभर्सल बोस क्रिस गेल । आफ्नो कुशल प्रदर्शनले आजको खेल आफ्नो पक्षमा पार्न सक्षम राहुललाई गेलको शक्तिको भरपुर साथ मिल्नेछ । आईपीएलमा सर्वाधिक ६ शतक बनाउने कीर्तिमान बनाएका गेल प्रतियोगितामा ४५ सय रन बनाउन १६ रनले मात्र पछि छन् । तीव्र गतिमा सहज तरिकाले स्कोर गर्न सक्ने गेल आजको खेलका महत्वपूर्ण खेलाडीमध्येका एक हुन् ।

मुजीब–उर–रहमान, किंग्स इलेभेन पञ्जाब

अफगानिस्तानका युवा स्पीनर रहमान दिल्लीका लागि टाउको दुखाइको विषयमा बन्न सक्नेछन्् । भर्खरै सम्पन्न क्यारेबिएन प्रिमियर लिग (सीपीएल)मा आफ्नो जादुमयी कला प्रदर्शन गराएका रहमान बलिङमा भ्यारिएशन ल्याउन अब्बल छन् । सीपीएलका ११ खेलमा १५ विकेट लिन सफल रहमान हाल टी–२० क्रिकेटका उत्कृष्टमध्येका एक बलर हुन् । पावर–प्लेमा पनि उत्तिकै प्रदर्शन गर्न सक्ने रहमान आज हुन लागेको खेलमा हेर्न लायक खेलाडी हुन् ।

श्रेयस अय्यर, दिल्ली क्यापिटल्स (कप्तान)

पहिलो कप्तानीमा नै दिल्लीलाई अन्तिम चारसम्म पुर्‍याउन सफल अय्यरको काँधमा यसपटक उपाधि जिताउन पर्ने दबाब छ । पावर–गेम र गतिलो स्ट्रोक गर्न अब्बल अय्यर आजको खेलमा हेर्न लायक खेलाडी हुन् । यी दायाँ हाते ब्याट्सम्यानले आजको खेलमा कस्तो प्रदर्शन गर्छन् र टोलीलाई कसरी नेतृत्व गर्छन् ? यसको उत्तर थाहा पाउन आज हुने खेल हामी सबैले हेर्न पर्ने हुन्छ ।

रिशव पन्त, दिल्ली क्यापिटल्स

पन्त दिल्लीका विकेट किपर ब्याट्सम्यान हुन् । मध्यक्रममा ब्याटिङ गर्ने यी बाँया हाते ब्याट्सम्यानसँग खेल आफ्नो पक्षमा पार्न चाहिने सबै खाले गुण छन् । पन्त टिम दिल्लीका प्रभावकारी, रोमाञ्चक र शक्तिशाली ब्याट्सम्यान हुन् ।

कागिसो रबाडा, दिल्ली क्यापिटल्स

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर रबाडा खेलका दौरान आइपर्न सक्ने जस्तोसुकै दबाबमा पनि सन्तुलित बलिङका लागि प्रख्यात छन् । रबाडाको तीव्र गति र बलिङ भ्यारिएशनसामु विपक्षी ब्याट्सम्यान खुलेर खेल्न नसक्ने हुँदा त्यसको प्रत्यक्ष फाइदा दिल्लीले लिने पक्का छ ।

अघिल्लो संस्करणको आईपीएलमा रबाडाले आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । दिल्लीबाट बाह्र खेल खेलेका उनले कूल २५ विकेट हात पारेका थिए । आफ्नो पहिलो खेलबाट नै रबाडाले आफूलाई उत्कृष्ट फर्ममा पेश गर्ने हो र अन्य खेलाडीले उनलाई भरपुर साथ दिने हो भने दिल्लीलाई अन्तिम चार पुग्न कठिनाई नहुने निश्चित छ ।

(आईपीएल को वेबसाइटको सहयोगमा)

jackson ribon