birat ribon

चस्मा लगाउने मानिसहरूमा कोरोनाको संक्रमण हुने सम्भावना कम

Neuro
चस्मा लगाउने मानिसहरूमा कोरोनाको संक्रमण हुने सम्भावना कम

विराटनगर ४ असोज । नियमित चस्मा लगाउनेहरू कोरोना भाइरसबाट संक्रमित हुने सम्भावना कम रहेको देखिएको छ ।

जामा ओप्थल्मोलजी जर्नलमा प्रकाशित एक अध्ययनमा अन्वेषकहरूले चस्मा लगाउनेहरू मानिसहरू आफ्नो आँखा कम छुन्छन् जसले भाइरसलाई हातबाट आँखामा सार्नबाट जोगाउने गरेको पत्ता लगाएका छन् ।

cura insider

साथै, चस्मा लाएका बेला अगाडि बसेका मानिसले हाँछ्यु गर्दा वा खोक्दा छिटाहरू आँखामा पर्नबाट रोकिन सक्छ ।

अनुहारमा हुने लस्सेदार झिल्लीका कारण आँखा, नाक र मुखबाट भाइरस वा अन्य विकार शरीरभित्र प्रवेश गर्न सक्छ । भाइरस प्रवेश गराउन सबभन्दा बढी नाक र मुखको भूमिका भएपनि भाइरस आँखाबाट पनि सर्न सक्ने बताइएको छ । अध्ययनका अनुसार एक साधारण मानिसले एक घण्टामा १० पटक आफ्नो आँखा छुने गर्छन् ।

कोरोनाका कतिपय बिरामीका आँखाले देखाउने लक्षण असाध्यै कम भए पनि आँखा राता पाइएका बिरामीको शरीरमा भाइरस संक्रमण आँखाबाटै भइरहेको संकेत गर्छ । चीनको सिजोउस्थित एक अस्पतालको दुई सय ७६ बिरामीमा गरिएको अध्ययनले दैनिक आठ घन्टाभन्दा बढी समय चस्मा लगाउने मानिसहरूलाई कोरोना भाइरस संक्रमणको विरूद्ध सुरक्षात्मक हुन सक्ने पत्ता लागेको थियो ।

यो अध्ययन तीन सयभन्दा कम संक्रमितमा र पुरानो डाटाको आधारमा मूल्यांकन गरिएको हुँदा यसलाई बलियो दाबीका रूपमा प्रस्तुत गर्न नसकिने बताइन्छ । यसबारे अहिल्यै निष्कर्षमा पुग्नु भने हतारो हुने अध्ययनले बताएको छ । चस्माले केही हदसम्म संक्रमण छेक्ने काम गर्ला तर, मानिसहरूलाई जोखिमबाट बचाउन मास्कसहित चस्मा पनि लगाउनु भनेर सुझाव दिन अहिले नै पर्याप्त आधार नभेटिइसकेको विज्ञहरू बताउँछन् ।

jackson ribon