birat ribon

‘जोकर’को दुई सिक्वेल बन्ने

Neuro
‘जोकर’को दुई सिक्वेल बन्ने

विराटनगर ४ असोज । विश्व बक्स अफिसमा एक बिलियन डलर कमाउन सफल भएको हलिउड फिल्म ‘जोकर’को सिक्वेल निर्माण हुने भएको छ ।

‘जोकर’ को सिक्वेललाई लिएर निर्देशक, अभिनेता र निर्माताले कुनै तयारी गरेका थिएनन् । तर, व्यावसायिक र समीक्षात्मक सफलतापछि टोड फिलिप्स निर्देशित हलिउड फिल्म ‘जोकर’ को सिक्वेल निर्माण हुने भएको हो । आर्थर फ्लेकको भूमिका निर्वाह फिल्मका मुख्य अभिनेता ज्याकिन फिनिक्सले दोस्रो श्रृंखलाका लागि पनि अफर गरिएको बताइएको छ ।

cura insider

जीवन्त अभिनयले दर्शकको मन जितेका फिनिक्सलाई ‘जोकर’को सिक्वेलका लागि वाकिनलाई ५० मिलियन डलर (तीन सय ६७ करोड भारू) अफर गरिएको छ । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको र आउँदो चार वर्षमा फिल्मको दुई सिक्वेल ल्याउने तयारीमा निर्माण टिम रहेको छ ।

फिल्मबाट उत्कृष्ट अभिनेताको अस्कार अवार्डसमेत जितेका फिनिक्स दोस्रो पटक जोकरको भूमिका निभाउन उत्साहित छन् ।

jackson ribon