birat ribon

दोस्रो जितको खोजीमा पीएसजी, एम्बाप्पे मैदान फर्किनसक्ने

Neuro
दोस्रो जितको खोजीमा पीएसजी, एम्बाप्पे मैदान फर्किनसक्ने

विराटनगर, ४ असोज । फ्रेन्च लिग वानमा आज साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले चौथो खेल खेल्दैछ । नेपाली समयानुसार आज दिउँसो ४ः४५ बजेबाट सुरु हुने खेलमा पीएसजीले नाइससँग खेल्न लागेको हो ।

नाइसको मैदानमा हुने यस खेलमा पीएसजी दोस्रो जितको खोजीमा छ । यसअघि तीन खेल खेलेको पीएसजी दुई खेलमा पराजित भएको थियो भने तेस्रो खेलमा विजयी भएको थियो ।

cura insider

पीएसजी ३ अंकसहित तालिकाको १५औं स्थानमा छ । नाइस भने ६ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

आजको खेलबाट फ्रेन्च स्टार किलियन एम्बाप्पे मैदान फर्किने सम्भावना छ । पीएसजीका प्रशिक्षक थोमस टुचेलले एम्बाप्पे मैदान फर्किनसक्ने बताएका छन् । कोरोना संक्रमणका कारण एम्बाप्पेले तीन खेल गुमाएका थिए ।

jackson ribon