birat ribon

प्रिमियर लिग : चेल्सी र लिभरपुल भिड्दै, टोटनह्याम पनि प्रतिस्पर्धामा

Neuro
प्रिमियर लिग : चेल्सी र लिभरपुल भिड्दै, टोटनह्याम पनि प्रतिस्पर्धामा

विराटनगर, ४ असोज । इंग्लिस प्रिमियर लिगमा आज चार खेल हुँदैछन् । दोस्रो चरणको खेलअन्तर्गत आज ८ वटा टोली प्रतिस्पर्धामा छन् ।

आज साविक विजेता लिरभपुलले चेल्सीसँग खेल्दैछ । चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा हुने यस खेल नेपाली समयानुसार राति ९ः१५ बजेबाट सुरु हुँदैछ । यस खेलमा चेल्सी र लिभरपुल दोस्रो जितको खोजीमा छन् ।

cura insider

चेल्सीले यसअघि ब्राइटनमाथि ३–१ गोलको जित निकालेको थियो भने लिभरपुलले लिड्स युनाइटेडमाथि ४–३ गोलको जित निकालेको थियो ।

यसैगरी आजको अर्को खेलमा टोटनह्याम हटस्परले साउथह्याम्पटनसँग खेल्दैछ । दिउँसो ४ः४५ बजेबाट सुरु हुने यस खेल साउथह्याम्पटनको मैदानमा हुनेछ । यस खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन् । यसअघि दुवै टोली पराजित भएका थिए ।

अर्को खेलमा न्यूकासल र ब्राइटनले खेल्नेछन् । ६ः४५ बजे हुने यो खेल न्यूकासलको मैदानमा हुनेछ । यस्तै राति ११ः४५ बजेबाट सुरु हुने खेलमा लेइस्टर सिटी र बर्नेलीले खेल्दैछन् । यो खेल लेइस्टरको मैदानमा हुनेछ ।

jackson ribon